FAQs Complain Problems

बारम्बार सोधिने प्रश्नहरु

गाउँ सभा बैठकका लागि अावश्यक गणपुरक सङख्या कति रहेकाे छ ?

गाउँ सभा बैठकका लागि ५० प्रतिशत भन्दा बढि सदस्यहरूकाे उपस्थिति अावश्यक रहन्छ ।

गाउँसभाकाे बैठक वर्षकाे कति पटक बस्दछ?

गाउँसभाको बैठक सामान्यतया वर्षकाे २ पटक बस्ने गर्दछ । एक तिहाइ सदस्यहरूले सभाकाे बैठक बाेलाउन अावश्यक छ भनी विषय वा कारण खुलाइ लिखित अनुराेध गरेमा १५ दिन भित्र अध्यक्षले विषेश बैठक बाेलाउन सक्नुहुनेछ ।

नेपालकाे संघिय प्रणाली अनुसार स्थानिय तहकाे संरचना कस्ताे रहेकाे छ ?

नेपालकाे संघिय प्रणालि अनुसार स्थानिय तहकाे संरचना पनि संघ, प्रदेश तहमा जस्तै ३ अंग रहेकाे छ । ति हुनः गाउँ।नगर सभा, गाउँ।नगर कार्यपालिका, न्यायिक समिति ।