FAQs Complain Problems

वडा नं. ६

याे नाम्खा गाउँपालिका अन्तर्गत पर्ने वडाहरू मध्ये एक हाे । जुन साविककाे  लिमी गा.वि.स.का १ देखि ९ सम्मका वडाहरू मिली बनेकाे छ । यसकाे उत्तर, पश्चिम दिशामा चिनकाे स्वशासित क्षेत्र तिब्बत, पुर्वमा सिमकाेट गाउँपालिका र दक्षिणमा नाम्खा गाउँपालिका अन्तर्गतका १, २, ४ र ५ नं. वडाहरू रहेकाे छ । यस वडाकाे कुल क्षेत्रफल १२०१.२९ वर्ग किलाेमिटर रहेकाे छ । वि.सं. २०६८ काे जनगणना अनुसार यस वडामा  जम्मा ९०४  जनसङख्या रहेकाे छ । यहाँ एकै जाति लामाहरूकाे बसाेबास रहेकाे छ । यिनीहरू सबै बाैद्व धर्म मान्दछन । यहाका प्रत्येक वडाहरूमा बाैद्व गुम्बाहरू रहेका छन । यस वडामा ३ मुख्य गाउँहरू रहेका छन ।ति हुन - पुर्वबाट त्रमशः जाङ, हल्जी, तिल । यस वडाकाे केन्द्र हल्जी गाउँमा रहेकाे छ । याे हुम्ला जिल्लाकाे सदरमुकाम देखी ५० काेष टाढा रहेकाे छ ।

 

वडा अध्यक्ष :-पाल्जोर तामाङ   9868311748

सदस्य

पुटि लामा

टसी छिरिङ तामाङ

तुन्डुप लामा

वडा सचिव :- हिरा शर्मा ९८६९७३७८७३

Population: 
904
Ward Contact Number: 
9868311748